प्रदेश खेलकुद परिषदका पदाधिकारीहरुले सपथ ग्रहण

तामसालिङ खबर
२५ असार २०७६, बुधबार ०८:५७

हेटौँडा – तिन नम्बर प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचिवमा सूर्य भण्डारी नियुक्त भएका छन् । मंगलबार हेटौडामा एक कार्यक्रमको बीच प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले सदस्य-सचिव भण्डारीलाई सहित ५ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

सदस्य सचिब भण्डारी सहित सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्माले मंगलबार सपथ ग्रहण गरेका छन् । परिषदमा २१ सदस्य टोली रहने छ तर अहिले ६ जना मात्रको लागि असार ९ गतेको मन्त्री परिषदको बैठकले निर्णय गरेको थियो ।

प्रदेश सरकारहरूमा खेलकुद परिषद पहिलो पटक ३ नम्बर प्रदेशले गठन गरेको थियो । मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन् भने परीषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमूख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका सचिव रहनेछ ।

नबनियुक्त भण्डारीले राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको राष्ट्रिय बिद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् ।

प्रदेश खेलकुद विकास परिषदमा मकवानपुरका माधव तिमल्सिना र कल्पना शर्मा रहनु भएको छ । तिमल्सिना जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र शर्मा महिला फुटबल रेफ्रि हु्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*