कोही छ की, भन्दै आईन पुजा तामाङ (भिडियो)

तामसालिङ खबर
२२ असार २०७६, आईतवार १०:४९

हेटौडा – गायिका पुजा तामाङको तामाङ सेलो ‘कोही छ कि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा चर्चित नायक सागर घिसिङ र मोडल निरञ्जली लामाले अनस्क्रिन रोमान्स रहेको छ । हाइलाइटस नेपालको अफिसियल युट्युब च्यानल मार्फत भिडियोलाइ सार्वजनिक गरिएको हो ।

पछिल्लो समयमा चर्चा कमाउन सफल चर्चित निर्देशक अजय स्याङ्तानले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोमा सागर र निरञ्जली सँगै भुइसाल लामा र कमानसिं तामाङको समेत अभिनय रहेको छ ।   टिका बोम्जनको शब्द र संगीतमा तयार भएको गीतलाई पवन लामाले एरेञ्ज गरेका हुन् ।

विक्रम तामाङले खिचेको भिडियोलाई भिडियोलाई अर्जुन पोखरेलले कलरिङ गरेका छन् । निकै नै रोचक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोमा सागर र निरञ्जलीको केमेष्ट्री मात्र होईन कथागत शैली पनि दर्शकको रोजाईमा पर्न सक्ने देखिन्छ । हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*