एनसेलको ‘एनसेल फर बिजनेश’ कार्यक्रम

तामसालिङ खबर
१९ असार २०७६, बिहीबार १५:३१

काठमाडौं – सञ्चार प्रदायक संस्था एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवा शुरु गरेको छ । एनसेलले यो सेवामार्फत् व्यवसायलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

यस अन्तर्गत इन्टरप्राइज ग्राहकहरुले एनसेलका पछिल्ला र नयाँ सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । फोरजी सेवा विस्तार गरेपछि एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ ।

यसमा इन्टरनेशनल प्राइभेट लिज्ड सर्भिस (आईपीएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डीएलसी) भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग र इथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभीपीएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाइफाइ, भिडियो कन्फ्रेन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आईओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भीटीएस) ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*