एसईईका विद्यार्थीलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट, किस्तामा ल्यापटप

तामसालिङ खबर
१४ असार २०७६, शनिबार २३:१७

काठमाण्डौ – राजधानीका तीन स्थानमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसईईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर ल्याइएकाे हाे ।

चावहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वर्ल्ड मोबाइल तथा सीटीसी मल सुन्धाराको भुइँ तलामा रहेको सीटीसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसईईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।

एसईई परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाइट, नुबिया भी १८लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वान प्लसलगायत ब्रान्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

परीक्षार्थीले किस्ताबन्दीमा विभिन्न ब्रान्ड तथा मोडलका मोबाइल समेत खरिद गर्न सक्नेछन् । एसईईका परीक्षार्थीलाई लक्षित गर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ । मेला असार मसान्तसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*