मकवानपुरको थाहा नगरपालिकामा मदन भण्डारी विश्वविद्यालय बन्ने

तामसालिङ खबर
१३ असार २०७६, शुक्रबार ०७:५०

हेटौडा (थाहानगर) – सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा खोल्ने निर्णय गरेको छ ।

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका लागि सरकारले मकवानपुरको थाहा नगरपालिका-९ मा रहेको १ सय ७९ रोपनी १२ आना २ पैसा जग्गा समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेसँगै विश्वविद्यालय निर्माण हुने भएको हो ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले विश्वविद्यालय निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटमा १ अर्ब १० करोड बजेटसमेत छुट्याइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*