बनेपामा युवतीमाथि सिरिञ्ज प्रहार

तामसालिङ खबर
१२ असार २०७६, बिहीबार ०९:२५

काभ्रे – बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो ।

युवतीको भनाइ अनुसार दुखाइले गाह्रो भएपछी बुधबार बिहान तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ । समाचार आजको नेपाल समाचारपत्र छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*