आनीसँग राष्ट्र बैंकका उच्चधिकारीले १८ करोडको ३० प्रतिशत ‘घुस’ मागेको खुलाशा

तामसालिङ खबर
९ असार २०७६, सोमबार ०७:१०

काठमाडौं – गायिका तथा बौद्ध धर्मको गुरु आनी छोइङ डोल्माका लागि हङकङबाट आएको १८ करोड भन्दा बढी रकम राष्ट्र बैंकले रोक्का राखेको छ । लामो समयसम्म आफूले चीनमा रहँदा गरेको कन्सर्ट र परोपकारी कार्यका लागि जम्मा भएको १६ लाख ४९ हजार ९ सय ४० अर्थात १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ राष्ट्र बैंकले रोक्का राखेको भन्दै सञ्चार माध्यममा प्रचार गरेर राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ‘बार्गेनिङ’ गरिरहेको खुलाशा भएको छ ।

‘यो एक वर्षअघि देखिकै समस्या हो । आनीसँग ३० प्रतिशत रकम राष्ट्र बैंकका उच्च अधिकारीले मागेका थिए,’ राष्ट्र बैंकका एक अधिकारीले भने,‘उहाँले त्यो रकम बरु बेसाहारा र परोपकारमा खर्च गर्छु तर घुस खुवाउँदिन भन्नु भएपछि यो प्रकरण बाहिर आएको हो ।’ सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको विदेशी विनिमय विभागले समेत रोक्का गरेको रकम रोक्का नगरिएको र रोक्नु पर्ने कारण नरहेको भन्दै टिप्पणी उठाएर पठाएको छ । तर, डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उक्त फाइल नै ड्रोयरमा लुकाएर राखेका छन् ।

आनीको नाममा हङकङबाट उक्त रकम आएको मेगा बैंकले जानकारी गराएपछि राष्ट्र बैंकले २०७५ माघ २० गते सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरेको थियो । उक्त पत्रमा राय माग गरिएको थियो । सम्पत्ति सुद्धिकरण विभागले राष्ट्र बैंकलाई पठाएको पत्रमा आनीको खाता रोक्का गर्नुपर्ने कारण नरहेको र रोक्का नभएको जानकारी राष्ट्र बैंकलाई गराएको थियो ।

निर्णयका लागि राष्ट्र बैंकले यस्तो पत्र तयार पारेको थियो :
‘श्रीमान डेपुटि गभर्नर ज्युको मिति २०७५।१०।१८ को निर्णय अनुसार सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागलाई रायको लागि मिति २०७५।१०।२० मा पत्राचार गरिएको र मिति २०७६।०१।१३ मा पुन :ताकेता समेत गरिएकामा उक्त विभागबाट मिति २०७६।०१।२५ को पत्रबाट जानकारी प्राप्त भएको अवस्था छ । उक्त विभागबाट अनुसन्धान कार्य भएतापनि उक्त विभागले निजको खाता हालसम्म रोक्का नगरेको जनाएको छ । यस विभागले मेगा बैंकसँग अन्य कुनै निकायले उक्त खाता रोक्का गर्न आदेश दिए नदिएको बारे समेत जानकारी माग गरेकोमा उक्त बैंकमा पनि कसैले रकम रोक्का राख्न निर्देशन दिएको अवस्था देखिएन । तसर्थ : उपरोक्त रकम निज निवेदकले समाजसेवा सम्बन्धि परोपकारको कार्यमा जस्तै निशुल्क डायलइसिस चलाउने, झोलुङ्गे पुल बनाउने, पुलहरुलाई सहयोग गर्ने आदी जस्ता कार्यका लागि खर्च गर्ने उद्देश्यले रेमिटेन्स रकम ल्याएको र अन्यथा ठहरेमा कानुन बमोजिम जुनसुकै सजाय भोग्न तयार रहेको समेत सोघोषणा गरेको देखिएकोले उक्त रकम निजले निवेदन गरे अनुरुप मुलुकको हितमा सामाजिक तथा परोपकारको कार्यमा मात्र खर्च गर्नुपर्ने र पछि अनुसन्धानमा अन्यथा ठहरिएमा त्यसको जिम्मेवारी निवेदक स्वयंको हुने सर्तसहित मेगा बैंकलाई उक्त रकम रोक्का गरिराख्नुपर्ने अवस्था नदेखिएको ब्यहोरा जानकारी गराउने, निकाशाको लागि पेश गरेका छौँ ।’

राष्ट्र बैंकका उच्च अधिकारीले गायीका डोल्माको निवासमा पटक पटक विचौलिया पठाउने गरेको समेत उच्च स्रोतले जनाएको छ । केही दिनअघि भुटानबाट आनी भुटानबाट फर्किएको दिन राष्ट्र बैंकबाट एक विचालीया उनकै निवासमा पुगेको समेत उच्च स्रोतको दाबी छ । ‘अब आनीजी सिरियसली कुरा गरौँ । सरकारी कर्मचारीले प्रधानमन्त्री समेतलाई समस्यामा पार्न सक्ने पेपर बनाइदिन्छ । उनीहरुले पेपर जे बनायो त्यही हो,’ विचौलियाको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंले अलि राम्रारी सोच्नुस् । सिरियसली डिसिजन दिनुस् । एक जना मात्र होइन । गभर्नर जी, डेपुटी गभर्नर जी, सम्पत्ति सुद्धिकरणको डिजी समेतलाई कुरा गर्नुपर्छ । स्रोतका अनुसार राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ३० प्रतिशत रकम दिए मात्रै रकम निकाल्न दिने नत्र नदिने धम्की नै दिएका छन् । १८ करोडको ३० प्रतिशत रकम भनेको ५ करोड ५० लाख हुन आउँछ । (दियालो पोस्टबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*