मनहरी गाउपलिकाको दुई वडामा झाडा पखलाको प्रकोप

जयराम मोक्तान
६ असार २०७६, शुक्रबार ०७:४२

हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपलिकाको दुई वडामा झाडा पखलाको प्रकोप फैलिएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा विगत एक हप्ता देखी झाडा पखालाको प्रकोप फैलिएको हो । ९ नम्बरको वडामा एक हप्ता देखि केही ब्यक्तिलाई सामान्य पखालको समस्या देखिएको र त्यसको केही समय पछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको संख्यमा बृद्धि भएपछि प्रकोपको रुपमा फैलिएको हो ।

एउटै टोलको ब्यक्तिहरु क्रमिक रुपमा झाडापखालाले सताइरहेको हुदा झाडा पखालाको प्रकोप नै भएको प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियार अहेव शिवराम वाँनियाल बताए । सामान्य समयमा झाडा पखालाको बिरामीको शुन्य रहेको र हाल दैनिक रुपमा २५ जना भन्दा बढि बिरामीहरु उपचारको लागि प्राथमिक स्वास्थ्य चौकि मनहरी आउने गरेको बताए ।

ति मध्ये दैनिक रुपमा ७ जना भन्दा बढि गम्भीर किसिमको बिरामी आउने गरेको र तिनीहरुलाई सिरिन्जबाट औषधि प्रयोग गर्नु गरिरहेको बताए । प्रकोपलाई नियन्त्रणमा लिनका लागि गाउँपालिकाले रोगको पहिचाको लागि पानीको नमुना संकलन गरि खाद्य प्रयोगशाला हेटौडमा नमुना पठाएका प्राथमिक स्वास्थ्य केन्द मनहरीका सिनियार अहेव शिवराम वाँनियाले जानकारी दिए ।

त्यस्तै, बिरामीको दिशाको नमुना संकलन गरि रोगको पहिचान गरिने सिनियार बानियाले जानकारी दिए । सुख्खा यामको समय भएकाले पानीको मुहान सुक्ने र जिवजन्तुहरु पानिको खोजिमा जादा जिबजन्तुबाट किटानु सरि झाडा वान्ता फैलिएको हुन सक्ने बानियाको भनाई छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बिभीन्न किसिम औषधिहरु निशुल्क रुपमा वितरण गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*