शुक्रबार देखि मनहरी गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुवात

तामसालिङ खबर
९ असार २०७६, सोमबार ०७:४२

हेटौडा (मनहरी) – मनहरी गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबारदेखी सुरु भएको छ । रोजगार कार्यक्रम गाउपालिकाको ५ नम्बर वडामा विक्रम पर्ता बसन्तपुर खानेपानी योजनाको पाइप लाइन गाडनका लागि खाल्डो खनेर गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले उदघाटन गर्दै कार्यक्रमको सुरुवत गरेको छ ।

रोजगार कार्यक्रमको उदघाटन गर्दै मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले कार्यक्रमको पुर्ण सफलताका कामना गर्दै सरकारले बेरोजगारी युवाहरुको पहिचान गरि केहि समयको भएपनि रोजगार उपलब्ध गराउनु सकरात्मक भएको बताए । रोजगार कार्यक्रममा सहभागीहरुले ज्याला पाउनुका साथै दिर्घकालिन रुपमा आफुहरुलाई फाइदा हुने काममा सहभागी हुनु सकरात्मक भएको बताए ।

उहाले बसन्तपुरमा खानेपानीको समस्याको रुपमा रहेको योजाना बनाएर स्थानिय आफैले काम गर्नु कार्यक्रमको प्रभावकारिता भएको बताए । करिब १५ दिन सम्म सञ्चालन हुने रोजगारी कार्यक्रममा सहभागीहरुले ८ घण्टा काम गरे वापत ६ सय ३५ रुपिया ज्याला पाउने छ ।

५ किलोमिटर सम्म खानेपानी पाईप गाडी सहज रुपमा खाने पानी उपलब्ध होस भन्दै पहिचो चरणको कार्यक्रममा २५ जना युवाहरु सहभागी छन् । उदघाटन कार्यक्रममा गाउँपालिकाको आध्यक्ष एकराज उप्रेती, खानेपानी उपभोक्ता समितिको अध्यक्ष विष्णु प्रसाद लामिछाने, संबिधानसभा सदस्य राजाराम स्याङतान लगायतको उपस्थीती रहेका कार्यक्रममा ५ नम्बर वडाका वडाअध्यक्ष शुभराज थिङको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*