राई गाउँका स्थानीयहरुको यति धेरै गुनासो (भिडियो)

तामसालिङ खबर
६ असार २०७६, शुक्रबार ०८:४०

मकवानपुर, ६ असार । बाग्मती गाउँपालिका वडा नम्बर २ राई गाउँ बजारमा २०७६ जेठ १४ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । बाग्मती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस।एम।एस। मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो ।

मकवानपुरका चर्चित पत्रकार तथा राससकर्मी रिपेश दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रा।लि।का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगरले सार्वजनिक सुनुवाई पूर्व स्थानीयसँग लिएको सर्वेक्षणको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर दोङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले सोधेको प्रश्नमाथि गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङ्तान, मुख्य प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, वडा नम्बर १ का अध्यक्ष ठगेन्द्र वाईबा, वडा नम्बर ३ का वडाअध्यक्ष बाबुलाल पाख्रिन लगायतले जवाफ दिएका थिए । हेर्नुहोस् सार्वजनिक सुनुवाईको पुरा भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*