मकवानपुरगढीमा खानीको विवाद (भिडियो)

तामसालिङ खबर
६ असार २०७६, शुक्रबार ०८:३३

मकवानपुर, ६ असार । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा २०७६ जेठ ८ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । मकवानपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस.एम.एस. मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो ।

मकवानपुरका पत्रकार रमेश बञ्जाराले सञ्चालन गरेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगरले सार्वजनिक सुनुवाई पूर्व स्थानीयसँग लिएको सर्वेक्षणको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष टिकाप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले सोधेको प्रश्नमाथि गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, मुख्य प्रशासकीय अधिकृत भीम परियार सहितको टोलीले जवाफ दिएका थिए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष आईतसिंह लो, वडा नम्बर २ का वडाअध्यक्ष बखानसिंह पाख्रिन, ३ नम्बर वडाअध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाअध्यक्ष रामप्रसाद तिमल्सिना, ५ नम्बर वडाअध्यक्ष जितबहादुर घिमिरे, ७ नम्बर वडाअध्यक्ष सुर्यबहादुर रुम्बा, ८ नम्बर वडाअध्यक्ष कुमार सिंह घिसिङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ अध्यक्ष प्रताप विष्ट लगायतको आतिथ्यता रहेको थियो । हेर्नुहोस् सार्वजनिक सुनुवाईको पुरा भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*