बोल मायालाई उछिन्दै, अझै ट्रेण्डिङमा ‘गलबन्दी’ (भिडियो)

चन्द्र घलान
४ असार २०७६, बुधबार ०७:३०

हेटौडा – गायक तथा मोडल प्रकाश सपुतको चर्चित ‘बोल माया’ टिमले तयार पारेको ‘गलबन्दी’ ले युट्युब ट्रेण्डिङमा कायम राख्न सफल भएको छ । गीत सार्वजनिक भएको करिब एक महिना पुग्नै लागिसकेको अवस्थामा पनि अहिले यो गीत युट्युब ट्रेण्डिङको छत्तिस नम्बरमा छ । साथै यसले यस अघिको बहुचर्चित गीत ‘बोल माया’ लाई समेत भ्युजमा उछिनेको छ ।

मे २५ तारिखमा गायक प्रकाश सपुतकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत युट्युबमा मात्र नभई टिकटक जस्ता अन्य सामाजिक सञ्जालमा पनि भाईरल भएको छ । यस गीतका शब्दहरुलाई लिएर चर्चित ट्रोलहरु निर्माण गरिनुका साथै फेसबुक जस्ता सामाजिक सञ्जालमा हरेक शब्दहरु स्टाटस बनेका छन् ।

यो सामाग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोले आफुलाई करोड क्लबमा उभ्याउन सफल भईसकेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतमा १ करोड ३७ लाख ३१ हजार भन्दा बढी पटक हेरिसकिएको छ । ३ लाख ३६ हजार लाईक गीतले पाईसकेको छ । त्यस्तै करिब २७ हजार कमेन्टहरु भिडियोमा गरिएका छन् ।

गीतको म्युजिक भिडियोले फेरि एकपटक ‘बोल माया’ को कारुणिक दृश्यलाई सम्झाउँछ । नेपाली समाजको रोधी सँस्कृतिमा आधारित यस गीतलाई प्रकाशले बोल मायाको प्रिक्वेलको रुपमा निर्माण गरेका छन् । गीतमा प्रकाश सपुत र बोल मायामा सबैको मन जितेकी शान्ति श्री परियारको आवाज यसमा समावेश छ ।

गीतमा प्रकाशकै शब्द सँगीत छ । कृष्ण बिकको म्युजिक एरेञ्ज र ब्याकग्राउण्ड स्कोर रहेको गीतमा खर्क बुढा मगरले मादल र रत्न बिकले बाँसुरी बजाएका छन् । प्रकाशकै निर्देशनमा तयार भएको भिडियोमा प्रकाशसँगै बोल मायाकी चर्चित कलाकार अञ्जली अधिकारी, डिपलव विक र करविन गैरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । गलबन्दी भिडियो हेर्नुहोस

यस अघि नै सन् २०१८ को मे १७ तारिखमा प्रकाशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘बोल माया’ गीतको भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गरेको थियो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो गीतले सबैको प्यारो बनाउन सफल भएको थियो । उनको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो कयौँ दिनसम्म युट्युबमा नम्बर १ ट्रेण्डिङमा कब्जा जमाउन सफल भएको थियो ।

गीतको संगीत र शब्दलाई प्रकाशले जति मार्मिक बनाएका थिए त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारिएको थियो । उनीसहित नारायण रायमाझी र शान्ति श्री परियारको आवाज समावेश गीतको म्युजिक भिडियोमा उनको श्रीमतीको भूमिकामा अञ्जली अधिकारीले जीवन्त अभिनय गरेकी छिन् । बाध्यतामा कमाउन भनि विदेश गएका श्रीमान गुमाउनुको पिडा, धर्ती नटेकेको गर्भको निर्दोष शिशुले बुवाको मुख हेर्न नपाएका कारुणिक दृश्यलाई करन चैँसिरले क्यामेरामा कैद गरेका छन् । प्रकाशकै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सितारे गन्धर्व तथा बालकलाकार डिपलभ वि.क. र खुशी थापाले रमाईलो अभिनय गरेका छन् । बोल मायालाई अहिलेसम्म १ करोड २४ लाख भन्दा बढी पटक हेरिएको छ । हेर्नुहोस् बोल माया भिडियो

बोलामाया र गलबन्दीको समिक्षा भिडियो हेर्नुहोस-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*