शिक्षकको लाइसेन्स फारम यसरी भर्नुहोस्

तामसालिङ खबर
३ असार २०७६, मंगलवार २३:२७

काठमान्डौ – शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्यापन अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गरेको हो ।

यस पटक साविक कै योग्यता (प्राथमिक र निम्न माध्यमिक तहको लागि प्रमाणपत्र तथा माध्यमिक तहको लागि स्नातक) भएका उम्मेदवारहरुले परीक्षामा भाग लिन पाउने भएका छन् ।

आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम परीक्षणको रुपमा राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आयोगलाई सुझाब दिन समेत आयोगले आग्रह गरेको छ । सुझाबकै आधारमा २-३ दिनमा विज्ञापन आव्हान गरिने बताइएको छ ।

कसरी भर्ने फारम ?
१. पहिले आयोगको वेबसाइट www.tsc.gov.np मा जाने ।
२. त्यसपछी दाया तर्फको माथिल्लो भागमा रहेको Online Application भन्ने बटनमा क्लिक गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*