मुहान सुक्न थालेपछि गैडाटारका किसान मार्कामा

उपेन्द्र गोले
३ असार २०७६, मंगलवार २२:२८

चन्द्रपुर – देशका विभिन्न स्थानमा गर्मी बढेसगै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा गर्मीकै कारण सिचाइ पानीका मुहान सुक्न थालेपछि गैडाटारका किसान मार्कामा परेका छन । असार महिना लागि सक्दा पनि सिचाइ हुँदै आएको स्थानिय चादी खोला र डुमजोर खोलामा पानी सुकेपनि समस्या भएको हो ।

असार साउनमा लगाउदै आएको धानको ब्याड समेत सुक्न थालेपछि किसानहरुले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागि परेको स्थानिय किसान बम बहादुर वाइबाले बताए । रौतहटका किसानले हरेक बर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपाली भने पानी कै समस्याले सबै किसानले धुले ब्याड राखेको र उक्त बिउ समेत जोगाउन हम्मे हम्मे परेको अर्का किसान मानध्वज लामाले बताउनु भयो ।

त्यस्तै, रौतहटको चन्द्रपु्र वडा नम्बर ८ सन्तपुरमा बागमति सिचाइ आयोजनाले नहरमा पानी नछोड्दा धानका विउहरु सुकेको स्थानिय किसानले बताएका छन ।

अनायसै गर्मी बढेपछि बर्षै दिनसम्म पुग्ने अन्नबालीको उत्पादनमा कमी आउने चिन्तामा किसानहरु रहेका छन । यस्ता समस्या आइपर्दा बैकल्पित उपाय अपनाउन सक्ने निति तथा कार्यक्रम स्थानिय सरकारले समयमा नै सोच्न सके उपयुक्त हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*