हेटौडामा गर्मी बढेपछी पाँच दिनका लागि बिद्यालय बन्द

तामसालिङ खबर
१ असार २०७६, आईतवार १७:३५

हेटौंडा – अत्यधिक गर्मी बढेपछी हेटौडा उपमहानगर क्षेत्रका सरकारी तथा निजी बिद्यालय पाँच दिनका लागि बिदा दिइएको छ । पढ्न आएका बिद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढ्ल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्र भरीका बिद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

सोमबार देखि शुक्रबार सम्मका लागि हेटौंडाका निजी तथा सरकारी बिद्यालयलाई बिदा गरिएको हो । अहिले गरिएको बिदा अरु समयको बिदामा मिलान गर्ने गरी दिइएको हो ।

तराईका जिल्ला जस्तै हेटौंडामा पनि शनिवार देखि अत्यधिक गर्मी बढेको छ । निजी तथा सरकारी बिद्यालयका शिक्षक, अभिभाबकको आग्रहपछी बिद्यार्थीलाई छुट्टी दिइएको मेयर महतले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत सरस्वती कोईरालाले सूचना जारी गर्दै अत्याधिक गर्मिको कारण वर्षे विदामा कट्टी हुने गरि पाँच दिन बिदा दिईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*