मगर समुदायको दोस्रो ठुलो चाड भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदै

तामसालिङ खबर
१ असार २०७६, आईतवार १३:४८

काठमाडौं – प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या पर्व आज (आइतबार) देखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाईने भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

भूम्या पर्वको अघिल्लो दिन युवायुवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते विहान बलि दिएर पूजा गरेपछि भूम्या- नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

जेठको अन्तिम दिन युवायुवतीहरु बुकीमा पुगेर ल्याएको फूल असार १ गते हरेक घरमा भित्र्याएपछि सुरु हुने भूम्या पर्व स्थान विशेष तीनदेखि हप्तादिनसम्म मनाउने प्रचलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*