खानेपानीको मिटर जडान गर्न बानियाको आर्थिक सहयोग
हेटौंडा – तिन नम्बर प्रदेशको नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खानेपानी मिटर जडान गर्न नसकेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का ७७ घरधुरी परिवारलाई रकम प्रदान गरेका छन् ।
बानियाँले घरमा खाने पानीको मिटर किन्न नसकेका ७७ परिवारलाई जनही नगद २ हजार दरले सहयोग गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गर्नुभएको छ ।
आफुले प्रदेश सभाबाट पाउने सेवा सुविधा रकम खानेपानीका मिटर जोड्न पैसा अभाव भएका आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सहयोग गरेको नेता बानियाले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, महासमिति सदस्य दिनेश उपाध्याय लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । हेटौंडा ३ का नेपाली काङ्ग्रेसका नेता धनबहादुर घलानको संयोजनमा भएको थियो ।