हेटौंडामा माविस्तरिय विज्ञान प्रदर्शनी

तामसालिङ खबर
३२ जेष्ठ २०७६, शनिबार ०७:०२

हेटौंडा – हेटौडा उपमहानगरको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा भएको माविस्तरीय विज्ञान प्रतियोगितात्मक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको प्रदर्शनीमा नगरका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा शिक्षा महाशाखा प्रमुख पूर्णबहादुर अछामे, शिक्षक महासंघका अध्यक्ष जिधराज ढकाल, चेतनाथ खतिवडा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

शैक्षिक समन्वय समितिको अध्यक्ष सागर प्रसाद खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा अमर मा वि प्रथम, आधुनिक मावि द्वितीय, श्रमिक मावि तृतीय र जनप्रिय मावि सान्त्वनालाई क्रमश ८ हजार, ७ हजार, ६ हजार र ५ हजार नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*