अशोक तामाङको तामाङ दोहोरी गीत सार्वजनिक (भिडियो)

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार १६:३७

हेटौडा – चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जिग्मे मिडियाको प्रस्तुति रहेको ‘बोर्ला ङाई याम्बुरी’ गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर गरी सार्वजनिक गरिएको हो ।

गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् ।

मोडलसँगै कम्मर मर्काएका अशोकलाई दर्शक श्रोताहरुले मोडलका रुपमा स्विकार्न सक्ने गरी रोचक अभिनय गरिरहेको समेत देख्न सकिन्छ । रोमान्टिक मुडमा देखिएका अनिता र अशोकको जोडी सुहाएको समेत छ । अभि लामाको कोरियोग्राफी तथा निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुर्य लामाको सिनेम्याटोग्राफी, कलरिङ र सम्पादन गरेका छन् ।

प्रविण राईको ड्रोन छायाँकनमा तयार भएको भिडियोमा अनिता र अशोकलाई दिया रिजालले सिँगारेका छन् । म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर बब्लु गुरुङ हुन् । गायक तामाङ यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका थिए ।

उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । भिडियो हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*