सांसद खतिवडाको पहलमा मकवानपुर क्षेत्र नम्बर २ मा एक अर्ब रुपैयाँको बिकासको काम

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार ०९:२२

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद बिरोध खतिवडाको पहलमा मकवानपुरमा एक अरब रुपैयाँ बराबरको बिकाश निर्माणको काम भएको छ । चालु आर्थिक बर्षको एक वर्षको अवधिमा मकवानपुरमा सडक, पानी, बिजुली, पुल निर्माण, तटबन्धन लगायतका काममा गरी एक अरब रुपैयाँ बराबरको काम भएको हो । बिशेष गरी मकवानपुर क्षेत्र नम्बर २ मा भने यो रकमबाट धेरै काम भएको छ ।

खतिवडाको पहलमा मकवानपुरको मनहरी गाउँपालिकाको रमौली प्रतापपुरमा तट्बन्धन निर्माणका लागि १५ करोड रुपैयाँ ल्याइएको थियो । त्यसमा ठेक्का लगाउँदा घटाघटमा ९ करोड रुपैयाँ लागतमा तटबन्धनको टेण्डर भएर काम सुरु गर्न लागिएको छ । मनहरीको ज्यामिरे, दर्दरा, रजैयाँ, सान्नानीटारमा सडक निर्माण गर्नका लागि ६ करोड रुपैयाँ लागतमा काम भईरहेको सांसद खतिवडाले बताउनुभयो ।

त्यसैगरी मकवानपुरको भिमफेदी, कोगटे, इपा, सिस्नेरी सडक निर्माणका लागि ४९ करोड रुपैयाँ बिनीयोजित गरिएको थियो । यस रकमबाट सडक स्तरिकरणका लागि टेण्डर गर्दा ३६ करोड रुपैयाँ लागतमा काम भईरहेको उहाँले बताउनुभयो । थाहा नगरपालिकाको कुन्छाल हुँदै इन्द्रसरोवर कुलेखानी सडकका लागि यस बर्ष १० करोड रुपैयाँ लागतमका काम भईरहेको छ । यस सडकका लागि थप रकम समेत गरेर अहिले भने २२ करोड रुपैयाँ लागतमा टेण्डर गर्ने तयारी गरिएको सांसद बिरोध खतिवडाले बताउनुभयो ।

मनहरी गाउँपालिकाको सन्नटार देखि हाँडीखोला जाने राप्तीखोलामा पुल निर्माणका लागि काम सुरु गर्न लागिएको छ । यसको टेण्डर भइसकेको छ । मकवानपुरको गढी गाउँपालिकाको आमभन्ज्याङ्ग, बुढीचौर सडक निर्माणका लागि ३ करोड रुपैयाँ लागतमा काम भईरहेको छ । त्यस्तै मनहरीको रजैयाबाट लामिटार हुँदै चकरी मकरी सडक निर्माणका लागि ३ करोड रुपैयाँ लागतमा काम भईरहेको उहाँले बताउनुभयो ।

मकवानपुर क्षेत्रनम्बर २ मा निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ४ करोड रुपैयाँ लागतमा सडक, खानेपानी लगायतका बिभीन्न क्षेत्रमा काम भईरहेको छ । मकवानपुरको इन्द्रसरोबरको मार्खुमा बिधुतको सव स्टेशन निर्माण गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा बिधुतको बषौ अगाडी देखिको समस्या समाधान गर्नका लागि बिधुतको सवस्टेसन निर्माण गरिएको उहाँले बताउनुभयो ।

मकवानपुरको भिमफेदी गाउँपालिकाको कोगटे र इपामा दुईवटा पुल निर्माणको लागि टेण्डरको प्रकृया अगाडी बडीसकेको उहाँले बताउनुभयो । दुईबर्ष भित्रमा मकवानपुरमा काठका पोल बिस्थापीत गर्दै काम सुरु गर्न लागिएको छ । मकवानपुर क्षेत्र नम्बर २ मा मात्र चालु आर्थिक बर्षमा नौ करोड रुपैयाँ लागतमा बिधुतीकरणको काम भएको सांसद खतिवडाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*