पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार-२’ (भिडियो)

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार ०७:०९

हेटौडा – बेरोजगार युवाको कथा व्यथालाई लिएर तयार पारिएको ‘ए सरकार’ गीत हिट भएपछि मकवानपुरे साहित्यकार, गीतकार तथा पत्रकार गिरिजा अधिकारीले ‘ए सरकार २’ लिएर श्रोतामाझ आएका छन् । भिमफेदी गाईजको अफिसियल युट्युब च्यानल मार्फत बिहीबार रिलिज गरिएको हो ।

‘ए सरकार-२’ मा पनि सरकार माथि विभिन्न गुनासो र ब्यंग्य संगै शैक्षिक बेरोजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरिएको छ । भिडियोको चर्चित डान्स ग्रुप भिमफेदी गाईजको फिचरिङ रहेको ‘ए सरकार २’ मा गायक देवेन्द्र कार्कीले स्वर दिएका छन् ।

अधिकारीको शब्दमा तयार भएको गीतलाई संगीतकार विकास पाण्डेले संगीत भरेका छन् । एरेञ्जर रिकेश गुरुङले गीतलाई एरेञ्ज तथा मास्टरिङ गरेका छन् । अस्मिता ढकाल र जनक घिमिरेले कोरस आवाज दिएको गीतमा सञ्जीव मैनालीले बाँसुरी भरेका छन् भने मनिष गन्दर्भले सारङ्गी भरेका छन् ।

गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजका कलाकारहरुको अभिनय रहेको छ । साथै कलाकारहरु युमी बलामी, अञ्जु हमाल, शिवहरी नेपाल, विमल कार्की, विकास पाण्डे, प्रभात लामा, देवदोर्जे लामा, सोमु गुरुङ, प्रकाश गोले, द स्टार युथ टिम, दम्की रक्स, बालमन्दिर गाईज, द राईजिङ डान्स क्रियु, आमा समूह भिमफेदी लगायतको अभिनय म्युजिक भिडियोमा छ ।

पवन सुस्लिङको छायाँकन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् । क्यामेरामा विशाल सुस्लिङ, चन्द्रिका ठाकुर, भद्र कुँवर , भान्जा बाबु लगायतले सहयोग गरेका छन् । हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*