मनहरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनको अन्तिम चरणमा
हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनको अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि मनहरी गाउँपालिकाले नौ वटौ वडामा योजनाको विवरण र योजना कार्यन्वयनको लागि कामदार सिफारिस गरी पठाउनका लागि सबै वडालाई निर्देशन दिएको छ ।
सबै वडामा हाल योजना छनौट तथा कामदारहरुको विवरण तयार गरिदै छ । प्रत्येक वडालाई ३ दिन भित्र योजना छनौट गरी रोजगारमा सहभागि हुन चाहाने ब्यक्तिहरुको विवरण गाउँपालिकामा पेश गर्न गाउँपालिकाले आग्रह गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुनका लागि मनहरी गाउँपालिकामा १८ सय जनाले आफ्नो विवरण दर्ता गरेका थिए । ति मध्ये पहिलो चरणको रोजगार कार्यक्रममा चालुआर्थि वर्ष २०७५/७६ मा ४ सय जना बेरोजगार ब्यक्तिहरुले रोजगार पाउने भएका छन ।
पहिलो चरणमा सहभागीहरुले १ महिनाको रोजगार पाउने छन । रोजगार कार्यक्रम कार्यन्वयनका लागि संघिय सरकारबाट ३३ लाख बजेट प्राप्त भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौलागाँईले जानकारी दिए ।
कार्यन्वयनका लागि प्रत्येक वडाबाट २५ जनाको दरले रोजगारमा सहभागि गराईने छ । रोजगार कार्यक्रममा सहभागि हुन नाम दर्ता गरेका सबै ब्यक्तिहरुले रोजागर पाउने तर कसैको इच्छ विपरित कार्यक्रममा सहभागि नगराइने प्रमुख प्रशासकिय अधिकृत चौलागाँईले जानकारी दिए ।
विशेष गरेर निर्माण क्षेत्र अर्थात विकास निर्माणका लागि हुने बिभीन्न काममा सहभागी महिला पुरुषलाई समान ज्यालाको ब्यवस्था गरि रोजगार दिइने बताएको छ ।
८ घण्टा काम गरे वापत प्रत्येक कामदारले साँढे ६ सय रुपिँया ज्याला पाउने छन । कामदारले आफुले श्रम गरे वापतको ज्याला बैंक मार्फत आफनै खाता मार्फत भुक्तानी पाउने प्रमुख प्रशासकिय अधिकृत चौलागाँईले भने ।