चर्चित गायक प्रकाश सपुतसँग टक्कर लिने युवती (भिडियो)

तामसालिङ खबर
२७ जेष्ठ २०७६, सोमबार १७:०८

मकवानपुर, २७ जेठ । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा आयोजित एक कार्यक्रममा चर्चित गायक प्रकाश सपुत र गायिका काजल गुरुङले दर्शकहरुलाई छमछमी नचाएका छन् । उनीहरु दुईको दोहोरी ब्याटलले दर्शकहरुमा रौनकता थपिएको थियो । दोहोरी ब्याटल १ र २ को ब्याटलमा दर्शकहरु समेत काजलको पक्षमा र प्रकाशको पक्षमा उभिँदै दोहोरीलाई थप शशक्त बनाएका थिए ।

न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिबार हेटौँडामा भएको दोस्रो हेटौँडा जर्नालिजम अवार्ड २०७६ मा चर्चित गीत बोल मायालाई गाउँदै स्टेज चढेका प्रकाशले आफ्ना चर्चित गीतहरुसँगै सालको पात टपरी हुनी समेत गाएका थिए । उनले बोल माया गाएसँगै अहिलेको चर्चित गीत गलबन्दीमा दर्शकहरुलाई निकै नचाएका थिए ।

प्रकाशको गीतमा वान्स मोरको बाढी आएपछि उनले ३–४ पटकसम्म सोही गीत गाउनुपरेको थियो । त्यसपछि सुरु भएको दोहोरी ब्याटलमा काजलले उनलाई च्यालेञ्ज गरिन् । दुबैको ब्याटलमा हेटौँडावासी समेत सरिक भए । हेर्नुहोस् प्रकाश र काजल बिचको ब्याटल-

कार्यक्रममा प्रकाश र काजल सहित हेटौँडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले आफ्नो प्रस्तुती दिएका थिए । अवार्ड कार्यक्रममा मकवानपुरका ११ जना पत्रकारहरुलाई अवार्ड वितरण गरिएको छ । साथै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।
मकवानपुरका पत्रकारहरुमा हौसला प्रदान होस भन्ने अभिप्रायले अवार्ड कार्यक्रम गरिएको हो । यस अघि यूएईको बरदुवईमा पहिलो अवार्ड कार्यक्रम गरिएको थियो ।

यो पनि हेर्नुहोस्-

स्वस्तिकाले भुतुक्कै पारिन्

Prakash Shaput लाई टक्कर दिईन् यी युवतीले

स्टेजमै भावुक भए Prakash Saput

Prakash Saput को गलबन्दीमा दर्शक झुण्डिए

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*