५० लाखको लगानीमा हेटौडा औतार फ्रेस स्टोर्स शुभारम्भ

तामसालिङ खबर
२४ जेष्ठ २०७६, शुक्रबार १०:०७

हेटौडा – बिचौलियाबाट किसान र ग्राहकलाई छुट्काराको दिने उध्येश्यले हेटौंडा वडा नम्बर ४ स्थित अजरअमर रोडमा औतार फ्रेस स्टोर्स बिहीबार शुभारम्भ भएको छ । हेटौंडा उपमहानगरकी उपमेयर मीना लामाले रिबन काटेर स्टोर्सको औपचारिक उद्घाटन गरेकी हुन् ।

५ जनाको ५० लाखको संयुक्त लगानिमा शुरुवात गरेको स्टोर्समा उपलब्ध कुनै पनि खाद्य बस्तु उपभोक्ताले स्टोर्समै खरिद गर्दा बजार मुल्यभन्दा कम मुल्य पर्ने संचालक बिजय थिङले जानकारी दिए ।

कार्यक्रममा उपमेयर लामाले हेटौंडा बजारमा स्टोर्सले किसानलाई मध्यनजर गर्दै ल्याएका विभिन्न सुबिधा तथा सुलभ मूल्यप्रति आभार व्यक्त गरेकी थिइन् । स्टोर्सले चालेको कदमलाई शुभकामना दिदै लामाले उपमहानगरले आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन् ।

स्टोर्समा तरकारी लगायत फलफुलको बजार मूल्यमा २५ प्रतिशतसम्म छुट, सदस्यता प्रदान गरी विशेष छुट व्यबस्था, सफा, विश्वसनीय तथा ताजा तरकारी तथा फलफुल, चोक डेलिभरी व्यबस्था, होटल व्यबसायीलाई विशेष छुट तथा डेलिभरीको व्यबस्थालगायत सुबिधा रहेको संचालक थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*