कैलाली कञ्चनपुरमा हावाहुरीको कारण २ को मृत्यु, सयौँ जना घाइते

तामसालिङ खबर
२४ जेष्ठ २०७६, शुक्रबार ०९:००

काठमाडौं – गएराति आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुर २ जनाले ज्यान गुमाएको छन् । हावाहुरीका कारण त्यहाँका झण्डै १०० भन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको हो । त्यससँगै टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएको सुचना प्राप्त भएको छ । घाइतेहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रिफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा हावाहुरीले २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको छ । घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*