महाभूकम्प आउने भन्दै आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको नियन्त्रणमा

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार २१:१२

काठमाडौं – जेष्ठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय ज्योतिष अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट नियन्त्रण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*