अमनलाललाई महेश बस्नेतको साथ, कुलमानमाथि छानबिन गर्न माग

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार १४:०५

काठमाडौं – सत्तारुढ नेकपाका नेता एबम सांसद महेश बस्नेतले पनि नेपाल विद्युत प्राधिकरणकाे काम-कार्वाहीप्रति शंका व्यक्त गरेका छन् । केही दिनअघि नेकपाकै अर्का सांसद अमललाल मोदीले संसदमै बाेलेकाे कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बाेल्दै सांसद बस्नेतले कुलमानमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने विषय उठाउँदा मोदीमाथि गाली-गलौज हुनु दु:खद् भएको समेत बताए ।

विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद मोदीले उठाएका थिए । त्यसलगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।

सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरकाे गाली र विराेध गर्नु गलत रहेकाे तर्क गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*