भीमफेदीमा जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार ०९:५३

हेटौडा (भीमफेदी) – मकवानपुरको भिमफेदी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाको वडा भरीका जेष्ठ नागरिकलाई सम्मान गर्न लागेको हो । अभियान वडा २ भैसेबाट सुरु गरिएको छ । गाउँपालिकाभरि करिब ७ सय जना जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको छ ।

संघिय सरकार संगै स्थानीय सरकारले पनि जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान अनुसार दोसल्लाह ओढाएर सम्मान गर्न सुरु गरिएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सबै वडामा गएर सम्मान गर्ने कार्यक्रम अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर २ मा जेष्ठ नागरिक सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जेष्ठ नागरिकलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए ।

उनीहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लामाले बताए । जेष्ठ नागरिकका लागि काम गर्नु सरकारको दायित्व भएकाले संघिय सरकार संगै यो अभियानमा लागिएको बताए ।

भिमफेदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काँशीराम बज्युको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*