कैलाश गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार ०८:२२

हेटौंडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई सोमबार हाते ट्याक्टर वितरण गरेको छ ।

कृषिमा यान्त्रिकरण स्वच्छ शिक्षित एवं संमृद्ध कैलाश कृषि पर्यटन र पूर्वाधारको योजनाबद्ध बिकास गर्ने अभियान अनुरुप गाउपालिकाको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा भित्र गठन भएका कृषक समुहहरुको माग अनुसार वितरण गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताउनु भयो ।

तस्बिर: कैलाश गाउपालिकाको अध्यक्ष टंक मोक्तानको फेसबुक वालबाट

गाउपलिकाले ५० प्रतिशत अनुदानमा ५० वटा मिनी टिलर ( हाते ट्याक्टर) वितरण गर्ने योजना अनुरुप कैलाशको वडा नम्बर ५ र ६ मा २२ वटा वितरण गरेको अध्यक्ष मोक्तानले बताए । कार्यक्रम अनुसार अघि वडा नम्बर २, ३, ४, ९ र १० मा मिनी टिलर वितरण सम्पन्न भैसकेको बताएको छ ।

तस्बिर: कैलाश गाउपालिकाको अध्यक्ष टंक मोक्तानको फेसबुक वालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*