मुख्यमन्त्री पौडेलको मुटुको उपचार सफल

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार ०७:२९

हेटौंडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सोमबार सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको आईतबार एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसंगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ ।

यद्यपी जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाई छ । पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*