४७ औँ विश्व वातावरण दिवसको अवसरमा बृहत र्याली

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार ०७:२२

हेटौडा – यहि जेठ २२ गते परेको ४७ औँ विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा विभिन्न कार्यक्रम भएको छ । दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत सोमबार टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ को आयोजनामा बृहत र्यालीको आयोजना गरिएको छ ।

हेटौँडा ११ मा भएका २२ वटा टोल विकास संस्थाहरुले र्यालीमा सहभागिता जनाएका थिए । हेटौँडा ११ नवलपुरबाट सुरु भएको र्याली थाना भर्याङको सिमलटारमा आएर सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागी २२ टोल विकास संस्थामध्ये ३ संस्थालाई मुल्यांकन गरी पृरस्कृत गरिएको थियो । टोल विकास संस्थाहरुमध्ये गणेशथान टोल विकास संस्था प्रथम, झोलुङ्गेपुल टोल विकास संस्था द्वित्तिय र सिमलटार टोल विकास संस्था तृतिय भएका थिए ।

कार्यक्रम टोल विकास विकास संस्था वडा समन्वय समितिका सचिव देवकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै वडा नम्बर ११ का वडा सदस्य जुना दाहाल, रामचन्द्र न्यौपाने, हेटौँडा उपमहानगरपालिकाका समाज कल्याण शाखाका प्रमुख भिमप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

समितिको आयोजनामा वातावरण दिवसका अवसर पारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत र्याली आयोजना गरिएको हो । यस अघि नै विभिन्न टोलमा सरसफाई कार्यक्रम तथा रक्तदान कार्यक्रम समेत गरिएको समितिका सचिव देवकुमार श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*