हेटौडामा हुने ‘दोस्रो हेटौंडा जर्नालिजम अवार्ड’ को मनोनयनमा परेको नाम सार्वजानिक (नामावली सहित)
हेटौडा – न्यू मिडिया एकेडेमी प्रालि हेटौडाको आयोजनामा हुन लागेको ‘दोस्रो हेटौंडा जर्नालिजम अवार्ड – २०७६’ को उत्कृष्ट तिन मनोनयन सोमबार हेटौंडामा पत्रकार मार्फत सार्वजानिक गरेका छन् ।
विभिन्न ११ विधामा वर्ष ०७५ मा कार्य गरेका मकवानपुरका सञ्चारकर्मीहरु मध्येका प्रत्येक विधामा ३ जनाको मनोनयन नाम सार्वजानिक गरिएको हो । न्यू मिडिया एकेडेमी प्रालिको अध्यक्ष एबम अवार्ड कार्यक्रमको संयोजक मणिराज गौतमले उक्त नाम सार्वजानिक गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यहि जेष्ठ २५ गते हेटौंडामा हुने अवार्ड कार्यक्रममा ११ जना पत्रकारहरुलाई नगद राशी सहित सम्मान गर्ने अध्यक्ष गौतमले बताए । अवार्ड कार्यक्रममा नेपालका चर्चित गायक मिलन लामा तथा दोहोरी गायिकाको प्रस्तुती समेत रहने बताइएको छ ।
दोस्रो जर्नालिजम अवार्ड – २०७६ मा ३ उत्कृष्ट मनोनयनमा परेका सञ्चारकर्मीहरुको नामावली :
क) उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड – २०७६
१) सुवास विडारी, साझाकुरा दैनिक २) राजन दाहाल, एभिन्युज टेलिभिजन ३) पुष्पराज अधिकारी, जनता टेलिभिजन
ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड – २०७६
१) कपिल खड्का, टिम टेलिभिजन २) अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३) रविन्द्र गौतम, हेटौंडा खबर डटकम/ रेडियो सरोवर
ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड – २०७६
१) केशव समपर्ण, साझाकुरा दैनिक/कारोबार दैनिक २) सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक / नयाँ पत्रिका दैनिक
३) राज सापकोटा, लालखबर डटकम
घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड – २०७६
१) देवराज पन्त, न्युज २४ २) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३) विवस अधिकारी, समृद्ध समाज दैनिक
ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड – २०७६
१) एमपी शर्मा, हेटौंडा एफएम २) दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३) सुवास विडारी, साझाकुरा दैनिक
च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड – २०७६
१) धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २) बलराम पुडासैनी, तु खबर डटकम ३) सुनिल सिवाकोटी, प्रष्टखबर डटकम
छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड – २०७६
१) दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २) उषा थामी, हेटौंडा एफएम ३) धिरज ढकाल, टिम टेलिभिजन
ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड – २०७६
१) प्रिया पौडेल, समृद्ध समाज दैनिक/ रेडियो निकास २) गणेश अधिकारी, रेडियो मकवानपुर / प्रदेश दैनिक ३) अमृत चिमोरिया, समृद्ध समाज
झ) नव उदयमान पत्रकार वर्ष अवार्ड – २०७६
१) सृजना नेपाल,रेडियो थाहा सञ्चार २) मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३) उज्जवल अधिकारी, भुगोल न्यूज डटकम
ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड – २०७६
१) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ/ एपि वान टेलिभिजन २) बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३) ध्रुव अधिकारी, राजधानी दैनिक
ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड – २०७६
१) नानीमाया सापकोटा, टिम टेलिभिजन २) सरिता दाहाल, राजधानी दैनिक ३) सरला अधिकारी, छहारी नेटवर्क