बजेट २०७६: सातैवटा प्रदेशमा सुविधा सम्पन्न रंगशाला बनाउने

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार २०:५५

काठमाण्डौ – सरकारले सातैवटा सबै प्रदेशमा प्रदेशसँगको लगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । प्रदेश तथा स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहहरूमा खेलग्रामको विकास गर्न सरकारले ४० करोड बजेट विनीयोजन गरेको छ ।

बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको वजेट पेस गर्दै काठमाण्डौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुई वर्षभित्र सम्पन्न गर्न १० करोड विनीयोजन गरेको सुनाए ।

बजेट कार्यक्रममा निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट तथा खेल मैदानहरुको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने, क्रिकेट खेलको विकास लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ उल्लेख छ ।

१३ औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकासका लागि तथा नवौं राष्यिट्रय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको छ । युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनीयोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*