बागमतीमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या वृद्धि

तामसालिङ खबर
१० जेष्ठ २०७६, शुक्रबार १९:५५

हेटौडा (बागमती) – मकवानपुरको बाग्मती गाउँपालिकामा निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ ।

महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा बिहीबार बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राईगाउँ स्वास्थ्य चौकी वडा नम्बर १, २ र ३’ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको तथ्यांक पाइएको हो ।

उक्त स्वास्थ्य चौकीमा गत वर्षको श्रावणदेखि यस वर्षको बैशाखसम्मको तथ्यांक अनुसार ४४ जना महिलाले सुरिक्षत गर्भतन गरेका छन् । जसमा ३ जना २० वर्षभन्दा कम उमेरका र ४१ जना २० वर्षभन्दा माथिका उमेरका महिलाहरु रहेको स्वास्थ्यचौकीका ईञ्चार्ज फुलेश्वर पाण्डेले जानकारी दिए ।  राईगाउँ स्वास्थ्य चौकी सुरक्षित गर्भतन सेवाको ईजाजत प्राप्त सुचिकृत मकवानपुरका १५ स्वास्थ्य संस्थाहरु मध्येको एक हो ।

सर्वेक्षणमा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंह, ओचिन मकवानपुरका कार्यकारी अधिकृत उद्धव बानियाँ, ओचिनका कार्यक्रम संयोजक ईन्दिरा बास्तोलाका साथै मकवानपुरका विभिन्न सञ्चार संस्थाहरुमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । ओचिन मकवानपुरले आईपासको सहयोगमा कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*