हरिवन नगरलाई शैक्षिक नगर बनाउने उद्देश्य रहेको – मेयर प्रसाईं
हरिवन – सर्लाहीको हरिवन नगरपालिकालाई शैक्षिक नगर बनाउने उद्देश्य रहेको मेयर गणेश प्रसाद प्रसाईंले बताउनुभयो । कान्तिपुर इस्टिच्युट ग्लोबल प्रालिले बुधबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मेयर प्रसाईले शैक्षिक नगर बनाउन तत्पर रहेको बताए ।
हरिवनलाई समृद्ध बनाउन चौतर्फी विकास भैरहेको र विकासका पुर्वाधारहरुमा मात्रै नभई आफ्नो नगरलाई समृद्ध बनाउन नगरभित्र रहेका पिछडा वर्ग र विपन्न वर्गको विद्यार्थीहरुलाई सुन्दर भविष्य बनाउन टेवा पुय्राउने उद्देश्यका साथ नगरपालिकाले वर्षेनी विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बताउनुभयो ।
हरिवन नगरपालिकाको सहयोगमा कान्तिपुर इन्चिच्युट प्रालिले माघ १० गते बाट सञ्चालन गरेको कम्प्युटर तालिमको समापन र लोकसेवा तयारी कक्षा तालिमको संयुक्त रुपमा मेयर प्रसाईंले उद्घाटन गर्नु भएको थियो । कम्प्युटर तालिममा वडा नम्बर ६, ७ र १० नम्बर वडाबाट जम्मा १०० जना विद्यार्थीहरु सहभागी भएका थिए।
त्यस्तै लोकसेवा तयारी कक्षा तर्फ भने हरिवन नगर भित्रबाट अहिले ५६ जना विद्यार्थीहरुले कक्षा लिई रहेको कान्तिपुर प्रालिका निर्देशक बिनेश कार्कीले जानकारी गराए । कार्यक्रममा नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडा नम्बर १० का वडा अध्यक्ष शम्बु मैनाली, वडा नम्बर ११ का वडाअध्यक्ष शेख मेहेवुब रेजा, समाजसेवी चडामणि वाग्ले, विदुर प्याकुरेल लगायतका अतिथिहरु उपस्थिति रहेको थियो ।