चलचित्र ‘म्हार्मेन’ को ‘मी चिम-चिम’ गीत रिलिज (भिडियो)

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार ११:३१

हेटौडा – तामाङ भाषाको चलचित्र ‘म्हार्मेन’ को पहिलो गीत रिलिज गरिएको छ । चलचित्रको ‘मी चिम-चिम’ बोलको गीत मंगलबार औपचारिक कार्यक्रम गरी रिलिज गरिएको हो ।

यसै चलचित्र मार्फत आठ बर्षपछि नायिका रन्जिता ब्लोन कमब्याक भएकी छिन । गीतलाई युट्युबमा सार्वजनिक भएको अहिले सम्म १८ हजार ७ सय भन्दा बढी पटक हेरिएको छ । गीतलाई डम्फु मिडियाको आफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ ।

गीतमा चलचित्रका नायक अमिर दोङ, नायिका रञ्जीता ब्लोन र सुस्मा मोक्तानको ससक्त अभिनय रहेको छ । चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको आवाज रहेको छ । गीतमा विशाल काल्तानकै शब्द तथा संगीत रहेको छ । गीतको एरेञ्ज तथा मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।

चर्चित निर्देशक अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा बनेको चलचित्रलाई बिक्रम लामाले खिचेका हुन् । बिक्रमले नै सम्पादन गरेको चलचित्र खिच्न सुन्दर बास्कोटाले सहायक क्यामेरामेन भएर काम गरेका छन् । चलचित्रलाई बिनोद लामा र सुनी लामाले निर्माण गरेका हुन् ।

चलचित्रका गीतहरुमा फुलकुमार बोम्जन र विशाल काल्तानको शब्द समावेश गरिएको छ । ऋतुराज पाख्रिनको कथा तथा दोर्जे तामाङको स्क्रीप्टमा चलचित्र निर्माण भएको हो । चलचित्रका प्रोडक्सन म्यानेजर कुईसाङ रुम्बा हुन् ।

चलचित्रको गीत हेरौँ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*