नेपाली कांग्रेसको छाया सरकार गठन, कसलाई के-के जिम्मेवारी ?

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार १९:२०

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकार गठन गरेका हुन् ।

छाया सरकारमा गृहमा दीलेन्द्रप्रसाद बडू, उर्जा समितिमा नेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाललाई संयोजक तोकिएका छ । यस्तै, खेलकुदमा किशोर सिंह राठौर, शिक्षामा गगन थापा, शहरी विकासमा उमाकान्त चौधरी, उद्योगमा मीन विश्वकर्मा, खानेपानीमा सुजाता परियार, पर्यटनमा देवेन्द्र कँडेल, स्वास्थ्यमा पार्वती डिसी चौधरी, सञ्चारमा बहादुर सिं लामा र श्रममा डिला संग्रौला संयोजक तोकिएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*