मंकीपक्स भाइरसको खतरा, सतर्क रहन आग्रह

तामसालिङ खबर
५ जेष्ठ २०७६, आईतवार ०७:५४

काठमाडौं – सिंगापुरमा मानिसमा मंकीपक्स भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

नेपालमा पर्यटन वर्ष मनाइँदै गर्दा नेपालसँग सीधा हवाई सम्पर्क रहेको सिंगापुरमा पहिलोपटक यो भाइरस देखिएको हो । त्यसैले मन्त्रालयलाई चनाखो रहन जानकारी दिइएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

‘शुक्रबार मध्याह्न विमानस्थलमा रहेको हेल्थ डेक्सले हामीलाई खबर गरेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले भने तर, उनले हवाई आवागमन बन्द गरिहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*