गायक बिशालराज राइको ‘पाक्यो काफल’ रिलिज (भिडियो)

तामसालिङ खबर
३ जेष्ठ २०७६, शुक्रबार २२:०८

हेटौडा – पुर्बेली लोक भाकामा रहेको गायक बिशालराज राइको नया म्युजिक भिडियो रिलिज भएको छ । ‘पाक्यो काफल’ बोलको गीत शुक्रबार हाइलाइटस नेपालको अफिसियल य़ुट्युब च्यानल मार्फत रिलिज भएको हो । लामो समयपछि गायक राइको गीत सार्बजनिक भएको हो ।

तिन नम्बर प्रदेशको राजधानी हेटौडाको नजिक मकवानपुरगढीको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको गीतमा गायक सुर्य रुम्बाको शब्द/ संगीत र प्रतिक थापाको संगीत संयोजन रहेको गीतमा बिशालराज राई कै आवाज रहेको छ ।

म्युजिक भिडियोमा रमेश अधिकारी र स्मृति तामाङ्को जिबन्त अभिनय रहेको छ । गायक राई र फिलिप राईले खिचेको भिडियोलाई सम्पादन तथा निर्देशन राईकै रहेको छ । गायकले यस अघि सोल्टी निको गालैमा बोलको गीत बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्नुस :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*