मकवानपुरको कैलाशमा एम्बुलेन्स संचालन

तामसालिङ खबर
३० बैशाख २०७६, सोमबार ०८:१४

हेटौडा (कैलाश) – मकवानपुरको विकट क्षेत्र कैलाश गाउपालिकामा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कटुञ्जे प्राथमिक स्वास्थ चौकी र स्थानियहरुको लामो प्रयास पछि कैलास गाउँपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा सुचारु हुन लागेका हो ।

स्थानिय सरकार गठन पश्चात एक स्थानिय सरकार एक एम्बुलेन्स निती अनुरुप एम्बुलेन्स भित्र्याएको गाउँपालिका अध्यक्ष टंक मुक्तानले जानकारी दिए । गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार एम्बुलेन्स कसरी सञ्चालन गर्ने बारे छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

एम्बुलेन्स सञ्चालक समिती गठन गरि कटुञ्जे प्राथमिक स्वस्थ्य चौकी वा गाउँपालिका मध्ये एक सस्थाले एम्बुलेन्स सञ्चालन बारे समेत छलफल गरिने अध्यक्ष मुक्तानले बताए ।

एम्बुलेन्स सेवा सुरुवाती संगै विकट गाउँ बस्तिका जनताहले सहज स्वास्थ्य सेवा पाउनेमा स्थानियहरु ढुक्क भएका छन । गरिब तथा सिमान्कृत जानजातीहरुको लागि सहुल्यतमा सेवा प्रदान गरिने बताए । एम्बुलेन्स खरिदका लागि कैलाश गाउपालिका वडा नम्बर ६ र साग्रिंला डेभलभमेन्ट एसोसियनले ४ लाख रुपैया आर्थिक सहयोग गरेका छन ।

सेवा सुचारु गरेसंगै त्यस स्थानका गर्भवती महिला तथा आकास्मीक उपचार गर्नुपर्ने बिरामीहरु अस्पताल सम्म जानका लागि सहज हुनेछ ।गाउँपालिका को कालिकाटार लिक्चे, भुक्टार, भुकुटी, भार्ता, बैकुण्ठ लगायत गाउँपालिकाको सबै क्षेत्रको सहज रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने गाउपालिकाको अध्यक्ष मोक्तानले बताए ।

भौगोलिक रुपमा बिकटता भएका कारण बाह्रै महिना सेवा सञ्चालन गर्न चुनौति भएता पनि बाह्रै महिना नै सडक सफा गरि एम्बुलेन्स सेवा सञ्चालन गर्ने अध्यक्ष मोक्तानको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*