गर्मीमा घ्युकुमारीको जुस पिउदा र लगाउदा फाइदै-फाइदा

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार ११:५६

काठमाडौं – प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ ।

यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ । तर, यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानि पनि पुग्छ ।के हो एलोभेरा ?-एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, एन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिन हुने गर्छ ।

यसको पात सीधै जमिनबाट उम्रने गर्छ र जुन २–३ फिट लामो र ३–४ इन्च चौडा हुन्छ । यसको दुवैपट्टि काँडा उम्रिएको हुन्छ । यसको पात गाढा हरियो रङको हुन्छ, जसलाई काट्दा वा खुर्किंदा घिउजस्तो जेल निस्कने गर्छ ।

जुस पिउँदा-एलोभेराको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । एलोभेराको जुसमा कैयौँ पोषण ततव, भिटामिन र मिनरल हुन्छन् । जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ । यस्तो जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता पनि बढेर जान्छ । यसका लागि एलोभेराको पात काटी त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुस् ।यसमा भएको एन्टिइन्फ्लेमेटरीले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

एलोभेरा जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । यसले छालाका विभिन्न समस्या, रिङ्कल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।शरीरमा भएका कैयौँ विषालु ततवले शरीरमा नकारात्मक प्रभाव पार्छ ।

जसका लागि शरीरलाई डिटाक्सको जरुरी हुन्छ । एलोभेरा जुसमा राम्रो डिटाक्सिफिकेसन गुण हुन्छ । नियमित रूपमा एलोभेरा जुसको सेवनले अधिक तौल घटाउन पनि सहज हुन्छ । यसले पटक–पटक खानुपर्ने बानी पनि हटाउँछ । यसमा भएका विभिन्न पोषण ततवले शरीरलाई कमजोर हुुनबाट समेत बचाउँछ ।यस्तो जुसले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यसमा भएको एन्टिमाइक्रोबाइल गुणले दाँतलाई सफा गरी कीटाणुबाट जोगाउन पनि भूमिका खेल्छ ।

यसले माउथ फ्रेसनरको काम पनि गर्छ ।दैनिक ५० ग्राम एलोभेराको जुस पिउँदा क्यान्सररोगीका लागि लाभदायक हुन्छ । यस्तो जुसलाई केरा, मेवा, टुसाएका गेडागुडी र हरियो तरकारीसँग प्रयोग गर्न सकिन्छ ।बेफाइदा पनि छन्आ-वश्यकताभन्दा बढी एलोभेराको जुस प्रयोग गर्दा वा गलत तरिकाले लिँदा शरीरमा विभिन्न समस्या पार्छ । यसले पोटासियमको मात्रालाई घटाउने काम गर्छ ।

जसका कारण मुटुको धड्कन अनियमित हुनुका साथै कमजोर महसुस हुन्छ ।यसमा ल्याक्सेटिभ एन्थ्रोक्विनोनलगायतका तत्व हुन्छ । त्यसैले यसको अनावश्यक प्रयोग गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

गर्भवती हुनुहुन्छ वा शिशुलाई स्तनपान गरिरहनुभएको छ भने एलोभेराको जुस सेवन गर्नुहुँदैन । यसो गर्दा गर्भपतन हुन सक्छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि एलोभेराको जुस खुवाउनु हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*