फोनिज अध्यक्ष गुरुङ सहित आठ पत्रकार सम्मानित

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार ०६:१७

काठमाडौं – राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारबाट नागरिक खबरको प्रधान सम्पादक डण्ड गुरुङसहित आठजना पत्रकार सम्मानित भएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मंगलबार आयोजित राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङसहित आठ पत्रकारलाई सम्मानसहित पुरस्कृत प्रदान गरेकी हुन् ।

वरिष्ठ पत्रकारिता सम्मान–२०७५ बाट बद्रीबिनोद प्रतीक र तीर्थ कोइराला सम्मानित भएका छन् । वरिष्ठ पत्रकारिता सम्मान जनही दुई लाख नगद राशीको छ ।

नेपाल आदिबासी जनजाती पत्रकार महासघ (फोनिज) को अध्यक्ष समेत रहेका गुरुङ राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मानित भएका हुन् । उनी सहित छ जना पत्रकार जनही एक लाख राशीको सो पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट खिलबहादुर भण्डारी, उमिद वागचन्द, माधव विद्रोही, निर्मला शर्मा र माला कर्ण पुरस्कृत भएका छन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुदृढीकरणका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले लोकतन्त्र र उत्तरयादी पत्रकारिताको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*