राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित

तामसालिङ खबर
१३ बैशाख २०७६, शुक्रबार ०८:२१

काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनुमा काठमाडौंवासीको लागि नौलो विषय होइन ।

सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाश समेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप-यो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*