तिन नम्बर प्रदेशमा २६ जना औलो संक्रमित फेला

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार १६:३६

हेटौँडा – तिन नम्बर प्रदेशको १३ जिल्लामा औलोका २६ जना संक्रमित मानिस फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाको अनुसार सबैभन्दा बढी चितवनमा १४ जना र सबैभन्दा कम काठमाडौंमा एक जना संक्रमित फेला परेको जानकारी दिए । त्यस्तै, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३ – ३ जना औलोका बिरामी फेला परेको जनाइएको छ ।

आर्थिक बर्ष ०७४/०७५ मा एक हजार एक सय ८७ बिरामी फेला परेकोमा सबैभन्दा कम एक नम्बर प्रदेशमा २४ जना र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ८६ रहेका छन् ।

प्रदेश नम्बर २ मा ६६ जना, गण्डकी प्रदेशमा ३६ जना, प्रदेश नम्बर ५ मा दुई सय ३९ जना र कर्णाली प्रदेशमा दुई सय दश जना बिरामी फेला परेको बताइएको छ । नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७ सय ६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४ सय १४ रहेको छ ।

देशभरमा ४९ वटा वडा उच्च जोखिममा, एकसय ५३ वडा मध्यम जोखिम र २० वटा वडा उच्च जोखिममा रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त प्रमुख तुलाराम अधिकारीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय हिमाली जिल्ला मुगु र बाजुरामा समेत औलो रोग देखिएको छ।

सरकारले निशुल्क उपचारको निःशुल्क व्यवस्था गरेको छ । चालु आर्थिक बर्ष ०७५/०७६ मा मकवानपुरमा २ जना औलो बिरामी फेला परेका छन् ।मकवानपुरमा ०७४/०७५ मा ३ जना पुरुष, ०७३/०७४ मा २ पुरुष र ०७२/०७३ मा ९ महिला, २ पुरुष गरी ११ जना औलो संक्रमित फेला परेको सशीकान्त सिंहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*