मकवानपुरमा खुल्ला दुग्ध बिक्री गर्न रोक, निर्देशिका नमान्नेलाई कारवाही

निर्देशिका नमान्नेलाई कारवाही
तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार ०७:२७

हेटौडा – मकवानपुरमा खुला रुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले खुल्ला रुपमा अप्रशोधित दुग्ध विक्री तथा वितरणमा रोक लगाएको हो ।

दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ अनुसार मकवानपुरमा यहि वैशाख १३ गते बिहिबारबाट अप्रशोधित दुग्ध बिक्री गर्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा दुग्ध बिक्री वितरण गर्ने सरोकारवालासँग बसेको बैठकमा भएको निर्णय अनुसार प्रशासनले कदम चालेको हो ।

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । यस विपरित गएमा दुग्ध बिक्री वितरण गर्नेलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याइने भएको   छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*