नव गायक रुम्बाको पहिलो सांगीतिक कोसेली रिलिज (भिडियो)

तामसालिङ खबर
१० बैशाख २०७६, मंगलवार ११:४१

हेटौडा – नवप्रतिभाको रुपमा उदाउदै गरेको नवगायक करप रुम्बाको नयाँ सेलो गीतको अडियो भर्सन युट्युबबाट रिलिज गरिएको छ । ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका रुम्बाले हेटौँडा आईडलमा समेत भाग लिएका थिए ।

सानै देखि गीतसंगीतमा रुचि राखेका उनि पछिल्लो समय नेपाल आईडलको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका उनले पहिलो प्रयास स्वरुप सांगीतिक कोसेली भएको भन्दै सुनेर प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा उनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका हुन् । गीतमा कर्साङ लामाको एरेञ्ज रहेको गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

अडियो भिडियो हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*