छिरिङले ल्याए नयाँ गीत

तामसालिङ खबर
२ बैशाख २०७६, सोमबार १३:०५

मकवानपुर, २ बैशाख । मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जेको शब्दमा रहेको नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको छिरिङको ‘दोलालघाट’ बोलमो गीतमा विश्वास पराजुली, माधव पराजुली र अर्चना स्याङ्तानको आवाज सुन्न सकिन्छ ।

छिरिङको शब्दलाई संगीतकार जनक लामाले डिजे भर्सनमा सुमधुर बनाएका छन् भने गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा आरुशी, अनुप, प्रिति र प्रकाश लगायतका कलाकारहरुको अभिनय गरेका छन् । प्रविन थापाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई नवराज घिमिरेले खिचेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको यो तेस्रो गीत हो । लामाको यस अघि नै मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् । विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो । हेरौँ भिडियो-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*