निजगढ – भरतपुर खण्डको अर्को डिपिआर बनाउने

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार १२:२०

काठमाडौ – सरकारले भारतबाट दुई थान डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने खरिद गर्ने तयारी गरिरहेको बेला मेची – महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ ।

मेची – महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले फेरि अर्को डिपिआर बनाउने तयारी गरेको छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारका अनुसार निजगढ–हेटौंडा–भरतपुर खण्डमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वातावरणको मुद्दालाई लिएर विरोध भइरहेको छ । यही विरोधका कारण विभाग अर्को डिपिआरको तयारीमा जुटेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*