काभ्रे पुगेर देउवाले भने, ‘उखान-टुक्काले देश बन्न सक्दैन

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार ०७:३७

काभ्रे । कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उखान-टुक्काले देश नबन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले देश उखान टुक्काले मात्र नबन्ने बताएका हुन् ।

कांग्रेस काभ्रेको क्षेत्र नं. १ को पार्टी भवन शिलान्यास तथा कांग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको बृहत आमसभामा बुधबार पूर्व प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् । देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको देउवाले बताए । सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि उनले लगाएका छन् ।

‘सरकार नयाँ नयाँ विधेयक ल्याई प्रजातन्त्र र गणतन्त्रलाई कमजोर तुल्याउने काममा लागेको छ,’ उनले भने, ‘जनता, पत्रकारलगायत सबैको अधिकार खोस्न लागि परेको छ ।’ याे खबर आजकाे नयाँ पत्रिकामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*