सुनाचुरीमा दुग्ध उत्पादक सहकारी सस्था सञ्चालनमा

गुणस्तरमा ध्यान दिन गाउँपालिका अध्यक्ष उप्रेतीको आग्रह
जयराम मोक्तान
२७ चैत्र २०७५, बुधबार २२:०२

हेटौडा (मनहरी) –  मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था संचालमा आएको छ ।

सुनाचुरीमा स्थापना भएको संयुक्त जनजागृती दुग्ध उत्पादक सहकारी सस्थाको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले, बोल्नुहुदै ‘पछिल्लो समयमा दुग्घ उत्पादक सहकारी सस्थाहहरु बिचमा अस्वस्थ प्रतिस्पर्धा बढेर गुणस्तरमा कमी आईरहेको उपभोक्तहरुबाट जनगुनासो आइरहेकोले गुणस्तरमा ध्यान दिन दुग्ध उत्पादक सहकारी सस्थाहहरुलाई आग्रह गरेका छन् ।

किसानले उत्पादन गरेको दुधलाई सहि मुल्यको मुल्याङकन गरि दुध खरिद गर्नमा पनि जोड दिए । स्थानिय महिलाहरु घरेलु मदिरा उत्पादनमा लागेका कारण सो कार्यलाई निस्क्रिय पारी दुध उत्पादन गर्न प्रोत्सहान दिनुपर्नेमा उनले जोड दिए ।

महिलाहरुलाई मदिरा उत्पादन गर्नबाट रोक्नकालागि दुग्ध उत्पादक सहकारी र गाउँपालिका बिच समन्वयको आवश्यकता रहेको बताउँदै अध्यक्ष उप्रेतीले गाउँपालिकाले छिट्टै समन्वय गर्ने पनि प्रतिबद्धता जनाए ।

एक वर्ष अघि दैनिक २७ लिटर दुध संकलन गर्दै आएको सस्थाले हाल दैनिक ५ सय भन्दा बढी दुध संकलन गर्दै आइरहेका छन । ४६ जना शेयर सदस्यहरु मार्फत प्रति ब्यक्ति १० हजारको दरले आर्थिक संकलन गरि दुघ संकलन केन्द्र निर्माणका गरेको सहकारीका अध्यक्ष शिवलाल मुक्तानले जानकारी दिए ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथित्यमा भएको कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष गोपीलाल मुक्तान, सुनाचुरी टोल विकास सस्थाका अध्यक्ष गोपी तामाङ लगायत सहकारीमा आवद्ध शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सहकारी सस्था मनहरी गाउँपालिकामा सबै भन्दा पहिला दर्ता भएको दुग्ध उत्पादक सहकारी सस्था हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*